• प्रतिनिधिसभाका पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको बताउदै विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखहरुसँग आयोजना गरेको छलफलमा सहभागि पूर्व सभामुखहरुले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत संस्था देख्नै नसक्ने रोग लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एंव पूर्वसभामुख पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम भत्सनायोग्य भएको भन्दै अलोकतान्त्रिक भएका बताए । उनले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत संस्था देख्नै नसक्ने रोग लागेको आरोप पनि लगाए ।

    त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अनुदारवादी चरित्रका कारण लोकतन्त्रमै समस्या उत्पन्न भएको धारणा राखेका थिए । उनले असंवैधानिक रुपमा गरिएको विघटनलाई बदर गर्न कानुनी र राजनीतिक लडाई नै अहिलेको आवश्यकता भएको उल्लेख गरे । पूर्व सभामुख ओनसरी घर्तीले पनि प्रतिनिधिसभा विघटत असंवैधानिक भएकाले जन निर्वाचित संस्थाको इज्जत राख्नुपर्ने बताइन् ।

    मंगलबार संसद भवन बानेश्वरमा भएको छलफलमा पूर्वसभामुख तारानाथ रानाभाट पोखरा भएका कारणले भर्चुअल रुपमा सहभागि थिए भने पूर्वसभामुख दमननाथ ढुंगाना कोरोना संक्रमण भएका कारणले सहभागि हुन सकेनन् । त्यस्तै पूर्वसभामुख सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका थिए । नेम्वाङ पछिल्लो संसद विघटन गर्न ओलीलाई सहयोग गर्नेमध्ये एक मानिन्छन् ।

4565