-
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६० लाख नाघेको छ ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ३० हजारभन्दा धेरै छ । महाराष्ट्रमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा कर्नाटकमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।
पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आएको देखिएको छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३० लाखमा झरेको छ । भारतमा अहिलेसम्म १९ करोड १८ लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३