-
अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ । महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो ।
इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न भनेका हुन् । बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा नगर्न भनिएको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकाले इजारायल–प्यालेस्टाइनबिच जारी हिंसाको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले जारी गर्न खोजेको संयुक्त वक्तव्य रोकेको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् ।
मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ । इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था थप भयावह बनेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३