-
नेकपा माओवादी केन्द्रले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेज गरि सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन माग गरेको हो । माओवादी केन्द्रले सीसीएमसी अनावश्यक संयन्त्र भएको भन्दै खारेज माग गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले सरकारले गर्नुपर्ने कामहरूबारे सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । माओवादीले सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले कोरोना नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ । त्यस्तै कोरोना नियन्त्रण तथा रोकथाममा माओवादीले सिंगो पार्टी पंक्ति परिचालन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको कोभिड नियन्त्रण युनिट गठन गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३