-
नेपालमा नयाँ सरकार बनाउने प्रयास भइरहेका बेला भारतीय जनता पार्टीका नेता एवं राज्य सभा सदस्य सुब्रह्मन्यम स्वामीले केपी ओली भारतको रोजाईको पात्र भएको बताएका छन । संसदमा विश्वासको मत पाउन असफल प्रधानमन्त्री केपी ओलीका बारेमा भारतीय नेताले गरेको यो टिप्पणीले राजनीतिक वृत्तमा एक पटक फेरी तरंग ल्याएको छ ।

चीन, पाकिस्तान र इजरायल लगायत विदेस मामिलाका जानकार मानिने स्वामीले ट्रवीट गदै नेपालको बारे मेरो बुझाईमा ओली भारतको रोजाई भएको बताएका छन । उनले यदि प्रचण्ड प्रधानमन्त्री बन्छन भने यो चीनको जीत हो समेत भनेका छन । नेपालको राजनीतिमा विदेसी शक्तिको हस्तक्षेप कतिसम्म रहेको छ भन्ने कुरा स्वामीको यो ट्वीटले प्रष्ट पारेको छ । अझ नाकाबन्दीका बेला भारत विरुद्ध विषवमन गर्दै राष्ट्रियताको नारा दिने प्रधानमन्त्री ओलीलाई आफनो रोजाई बताएर भारतीय नेता स्वामीले ओलीमाथि शंका गर्ने प्रशस्त ठाँउ बनाइदिएका छन ।
हिन्दु राष्ट्रवादी नेताका रुपमा चिनिने स्वामी विगतमा भारतको योजना आयोगका सदस्य र त्यसैगरी केन्द्रिय मन्त्री समेत भइसकेका व्यक्तित्व हुन । विगतमा जनता पार्टीका नेता रहेका स्वामी सन २०१३ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए । भारतीय जनता पार्टीमा उनलाई विद्वान र सश्क्त नेताको रुपमा चिनिन्छ ।
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३





