-
अत्यन्त तनावपूर्ण खेलमा बिराटनगर सिटी एफसीलाई चार शुन्य गोल अन्तरले हराउदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएलको प्ले अफमा प्रवेश गर्न सफल भएको छ । खेलको ३६ औै मिनेटमा रिबाउन्डमा अञ्जन बिष्टले हाफ भला सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए ।
६३ औ मिनेटमा बिमल रानाले उत्कृष्ट गोल गरे र ललितपुरले अग्रता दुगुना गर्यो । ललितपुरको यो गोलपछि केहि बेर मैदानमा तनाव सिर्जना भयो । रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएको विराटनगरले दुई पटक पेनाल्टी नदिएको भन्दै प्रशिक्षक र व्यवस्थापनले खेलाडीलाई मैदान छाडन भने । पेड्रो मान्नु बाहेक सबै खेलाडीले मैदान छाडे र खेल सात मिनेट रोकियो । पुन खेलाडी मैदान छिरे र खेल सुचारु भयो । ८१ औ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गरे र ललितपुरले तीन शुन्यको अग्रता बनायो । लगतै विराटनगरका विक्रम धिमाल दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।
विराटनगर दश खेलाडीमा सीमित भयो । इन्जुरी समयमा नुर्लानले गोल गरे र ललितपुरले खेल चार शुन्यको सानदार नतिजामा जित्यो । यो जितसँगै ललितपुर ६ खेलबाट ९ अंक सहित अफमा प्रवेश गर्न सफल भयो । हारमा विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । अब पोखरा थन्डर्स र बुटवल लुम्बिनी मध्ये एक टिम प्ले अफमा पुग्नेछ ।।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





