• नेकपा एमालेको असन्तुष्ट पक्षले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । असन्तुष्ट समूहका नेता माधव नेपालले सरकारले अध्यादेशमार्फत् संवैधानिक आयोगका पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनी टिप्पणी गरेका छन् ।

    कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको नेता नेपालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वानसमेत गरेका छन् ।

4565