• राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समुहबीचमा गठनबन्धन हुने भएको छ । बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि उपचुनाव हुँदैछ ।

    वाग्मति प्रदेशमा विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् ।संघीयता र योजनाविज्ञ देवकोटा एमालेको नेपाल समूह नजिकका मानिन्छन् । उनले उपचुनावमा माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन् । नेकपा एमालेले थापालाई नै उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

    लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनमा पनि नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई विपक्षी गठबन्धनबाट उमेदवार बनाउने सहमति भइसकेको छ । उनी हालै एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

4565