-
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ वर्ष २ महिनादेखि जारी सत्ता सहकार्यमा आजदेखि औपचारिक रुपमा पूर्णविराम लागेको छ । माओवादी केन्द्रले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले २०७४ साल फागुनमा प्रधानमन्त्री केपी ओलीलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्को संविधान प्रतिकुलका कदमहरुले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएको र अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताए ।
प्रमुख सचेतक गुरुङले समर्थन फिर्ताको पत्र संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुझाएका हुन् । बैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तय भएको छ ।
News Desk 0 response बुधबार, बैशाख २२, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३