-
काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ ।मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन बिलोङले निर्णायक गोल गरे । आक्रामक खेल पस्किएको काठमाडौंले बुटवलमाथि सुरुवातबाटै दबाबमा राखेको थियो । खेलको पाँचौं मिनेटमा स्टेफेन बिलोङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ आउन ढिलो गरेपछि स्टेफेनले सहजै गोल गरेका थिए ।
खेलको छैटौं मिनेटमा बुटवलले पेनाल्टीबाट बराबरी गर्ने मौका पायो । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाईलडाएपछि बुटवलले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा बुटवलका विलियम ओपोकु गोल गर्न चुके । उनको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाऊ गरे ।
यो जितपछि काठमाडौं रेजर्सले चार खेलमा सात अंक बनाउँदै शिर्ष तीनमा पुगेको छ । साथै शिर्ष दुईमा रहेका विराटनगर र धनगढीसँग अंक बराबरी गरेको छ । जारी प्रतियोगितामा बुटवल लुम्बिनीको यो पहिलो हार हो भने काठमाडौंको दोस्रो जित हो ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३