-
अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर अर्थात करिब ८ अर्ब ४० करोड रुपैयाँ बराबरको औषधी पठाउने भएको छ । सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ ।
कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई मानवीय सहायतास्वरूप अत्यावश्यक औषधी पठाउन लागिएको जानकारी दिएका छन् । कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो आकारको मानवीय राहत प्रयास भएको पनि उनले बताएका छन ।
भारतका सरकारी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूले आउँदो ९० दिनसम्म निःशुल्क औषधी प्राप्त गरुन् भन्ने उद्देश्य रहेको फाइजरले जनाएको छ । यसो गर्न सक्दा भारतका हजारौं संक्रमितको ज्यान जोगिने बोर्लाले बताएका छन् । फाइजरले भारततर्फ दुखाइ कम गर्ने, रगत जम्न नदिने र ब्याक्टेरियाविरुद्ध लड्ने एन्टीबायोटिक औषधी पठाउन लागेको हो । यो औषधी वितरण गर्न भारतको सरकारी कम्पनी र आफ्ना एनजीओहरूले संयुक्त रुपमा काम गर्नुपर्ने अमेरिकाको शर्त छ ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३





