-
भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना परिणाम मध्ये पश्चिम बंगालमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले पछि पार्ने देखिएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसले २१५ स्थानमा अगाडी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा जम्मा ७६ सीटमा समेटिएको छ । अरु दलको उपस्थिति नगण्य देखिएको छ । पश्चिम वंगालमा २९४ सिटका लागि मतदान भएको थियो ।
विधानसभाका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, आसम र पुडुचेरीमा निर्वाचन गरिएको थियो । तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी डिएमकेले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमके ९० स्थानमा अगाडि छ । १४० सिटको केरल विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट जित नजिक छ । १२६ सदस्यीय विधान सभा भएको आसममा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पुडुचेरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३