-
राजधानीमा जारी नेपाल सुपर लिगमा आज सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो ।
पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोस्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै विफल पार्द चितवन अभागी सावित भएको थियो । तर दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान प्रवेश गरेको धनगढीले अन्तिम १६ मिनेट भित्र तीन गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।
धनगढीको जितमा निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले दोस्रो हाफमा एक एक गोल गरेका थिए । यस अघि पहिलो हाफ गोल रहित बराबरी खेलेको धनगढीले दोस्रो हाफमा प्राप्त मौकालाई भरपुर सदुपयोग गरेको थियो । ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १–० को अग्रता बुनेको थियो भने ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को जित निश्चित गरेका थिए ।खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिएर २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
जारी लिगमा दोस्रो जित निकालेको धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । उता पहिलो हार भोगेको चितवनले ३ खेलमा मात्र २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा बुटवलसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।नेपाल सुपर लिग अन्तर्गत शनिबारकै दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले विराटनर सिटी फुटबल क्लबलाई इन्जुरी समयमा रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
बुटवलले दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता विराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो ।
दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्न केही चुकेको विराटनगरले इन्जुरी समयमा भने फ्रिकिकमार्फत गोल गरेर बराबरीको अवस्थामा आएको थियो । उक्त गोल फर्काउँदै विराटनगरले अंक खोस्न सफल भयो । इन्जुुरी समयमा विराटनगरका लागि सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा टोलीलाई हारबाट जोगाउन सफल भएका थिए ।प्रतियोगितामा भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
News Desk 0 response शनिबार, बैशाख १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३





