• इजरायलमा पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटना १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । उत्तरी इजरायलस्थित माउन्ट मेरोनमा यहुदी समुदायले पर्व मनाइरहेको बेला भागदौड मच्चिएको हो ।

    यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका बेला भागडदौड मच्चिएको हो । यसैबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटना प्रति दुःख व्यक्त गर्दै इजरायल माथि नै ठूलो आपत आइलागेको बताएका छन । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सुक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता समेत जनाएका छन ।

4565