-
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले तहगत अधिवेशनहरूको मिति तय गरेको छ । एमाले अध्यक्ष केपी ओलीले वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको निर्णय कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशिका जारी गर्दै तल्ला कमिटीको अधिवेशन मिति तय गरेका हुन् ।

जस अनुसार भदौ ५ गते वडाहरुको अधिवेशन तोकिएको छ । भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने र भदौ ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्देशिकामा उल्लेख छ । असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ । तत्पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने निर्देशिकामा उल्लेख छ । मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय अनुसार एमालेले तल्ला कमिटीको अधिवेशन तोकेको हो । एमालेले २०७८ साउन २५ देखि २७ सम्म विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने जनाएको छ । १९ पेज लामो अन्तरपार्टी निर्देशिकामा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटी गठनलगायतका निर्णय समावेश गरेका छन् ।
नेपाल पक्षको अनुपस्थित विना बसेको बैठकले नेपाल पक्षलाई बाईपास गरी एकलौटी रुपमा १९ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । निर्देशिकामा माधव नेपाल समूहलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किनेलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने उल्लेख छ ।
News Desk 0 response शुक्रबार, बैशाख १७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





