-
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेलेका छन् । धनगढीका लागि ओलावाले आफिजले गोल गरे । ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए । रोमान्चक बनेको खेलमा ललितपुरले बल पोसेसनमा पकड जमाएको थियो । तर, पेनाल्टीसहित पाएको मौकालाई ललितपुरले सदुपयोग गर्न सकेन् ।
खेलको पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरे । विमल रानाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो । खेलको ४४ औं मिनेटमा ललितपुर पेनाल्टीमा गोल गर्न चुक्यो । उसका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए ।
ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे । तर, खेलको ७९ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जनको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
यो बराबरीपछि धनगढीले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लतिलपुरको तीन खेलमा दुई अंक भएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३