• संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी युएनएचसिआरका साहेल संयोजक एवम् पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले साहेलमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको बताएका छन् ।

    बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ । ती देशहरुमा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या छ । हिंसाका कारण सो क्षेत्रबाट ५३ लाख मानिस विस्थापित भइसकेको अलजजिराले जनाएको छ ।

4565