-
एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो । धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे ।
यस्तै टंक बस्नेतले एक गोल गरे । काठमाडौंविरुद्ध धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । खेलको २२ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए । खेलको ६८ औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रमेश दंगाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
काठमाडौंका रमेश बर्तौलालाई खराब ट्याकल गरेपछि दंगालले कार्ड पाएका हुन् । जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ ।
News Desk 0 response मङ्लबार, बैशाख १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३