• विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ ।आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को सानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे । बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाए । जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

4565