-
अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाएको छ । ११ दिनपछि अमेरिकी औषधि नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो ।
रोक फुकुवा गरेपनि खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा रगत जम्न सक्ने चेतावनी भने राखिने भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को प्यानलले अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप दिन थाल्ने पक्षमा निर्णय गरेको थियो । सिडिसीको सल्लाहकार बोर्डमा रोक फुकुवा गर्ने पक्षमा १० र विपक्षमा ४ मत परेको थियो ।
त्यसपछि सिडिसी र एफडिएले खोप पुनः लगाउन थाल्ने निर्णय गरेको हो । जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्ये १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि अमेरिकामा खोपमाथि रोक लगाइएको थियो । रगत जम्ने समस्या देखिएका सबै ५० वर्षमुनिका महिला रहेको र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको जनाइएको छ । यसै साता युरोपियन औषधि नियामक निकायले पनि जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप हो ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३