-
भारतको राजधानी दिल्लीस्थित अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजन नहुँदा भेन्टिलेटर र आईसीयूमा राखिएका कम्तिमा २५ जना विरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीस्थित जयपुर गोल्डन अस्पतालमा अक्सिजन नहुँदा २५ जना विरामीको मृत्यु भएको हो ।
अक्सिजन नपाउँदा भेन्टिलेटर तथा आईसीयूमा राखिएका विरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा रहेका दुई सय बिरामी उच्च जोखिममा परेका छन् । मृत्यु हुनेहरुमध्ये धेरैजसो कोरोना संक्रमित रहेको बताइएको छ । भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै मेडिकल अक्सिजनको कमी भएको छ ।
कोरोनाका कारण अक्सिजनको माग बढेपछि भारतले विदेशबाट अक्सिजन ल्याउने तयारी थालेको छ । भारतमा बेलायती भेरिअन्टको कोरोना भाइरस तिब्र रुपमा फैलिएको छ । अस्पतालहरु पनि बिरामीले भरिएका छन् । विरामीले अस्पतालमा बेडसमेत नपाउने दयनीय अवस्था आएको छ ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३