-
भारतको राजधानी दिल्लीस्थित अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजन नहुँदा भेन्टिलेटर र आईसीयूमा राखिएका कम्तिमा २५ जना विरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीस्थित जयपुर गोल्डन अस्पतालमा अक्सिजन नहुँदा २५ जना विरामीको मृत्यु भएको हो ।
अक्सिजन नपाउँदा भेन्टिलेटर तथा आईसीयूमा राखिएका विरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा रहेका दुई सय बिरामी उच्च जोखिममा परेका छन् । मृत्यु हुनेहरुमध्ये धेरैजसो कोरोना संक्रमित रहेको बताइएको छ । भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै मेडिकल अक्सिजनको कमी भएको छ ।
कोरोनाका कारण अक्सिजनको माग बढेपछि भारतले विदेशबाट अक्सिजन ल्याउने तयारी थालेको छ । भारतमा बेलायती भेरिअन्टको कोरोना भाइरस तिब्र रुपमा फैलिएको छ । अस्पतालहरु पनि बिरामीले भरिएका छन् । विरामीले अस्पतालमा बेडसमेत नपाउने दयनीय अवस्था आएको छ ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





