-
लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा मोडेल सार्वजनिक गरिएको हो ।कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । बाइक सार्वजनिक भएसँगै यसको प्रिअर्डर समेत खुल्ला भएको यात्री मोटरसाइकलका सहसंस्थापक असिम पाण्डेले बताए ।
कम्पनीको वेबसाइटबाटै यात्री मोटरसाइकलको प्रिअर्डर गर्न सकिनेछ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ भने पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।प्रि अर्डर प्राप्त भएको ४ महिनामा मोटरबाइक उपलब्ध गराइने कम्पनीले जनाएको छ । सहसंस्थापक पाण्डेले शक्तिशाली र अत्याधुनिक ब्याट्री प्रयोग गरिएकै कारण बाइकको मूल्य केही महंगो हुन पुगेको बताए ।
कम्पनीका अर्का सहसंस्थापक बत्सल पाण्डेले यात्री पी वान जेरो आफूहरुको फ्ल्यागशिप मोडल भएको बताए । ‘यो हामीहरुले नेपालमा अधिकतम कतिसम्म गर्न सक्छौं भन्ने प्रयास देखाउन तयार पारिएको मोडल हो,’ उनले भने, ‘अधिकतम गुणस्तर, रेञ्ज, पर्फर्मेन्स सबै हिसाबले प्रिमियम उत्पादन बनाउन खोज्दा यो मोडल महंगो हुन पुगेको हो ।’
यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २।५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने दाबी गरिएको छ ।
यसको तौल १९५ केजी रहेको छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।
लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डिस्चार गर्न सकिने र्यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसबाट २ घण्टामै मोटरसाइकल फुल चार्ज हुन्छ ।यसका साथै बाइकमा अनबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसको अर्थ छुट्टै चार्जर बोक्नुपर्ने झन्झट समेत हुँदैन ।‘अहिले बजारमा सिंगल चार्जमा ६० देखि ७० किलोमिटरसम्म गुड्ने विदेशी बाइकहरु छन्, त्यस्ता बाइकहरुकै मूल्य चारदेखि साढे चार लाख रुपैयाँसम्म छ,’ असिम भन्छन्, ‘त्यस हिसाबले हाम्रो यात्री बाइक खासै महंगो होइन ।’
बाइकको पर्फर्मेन्समा आफूहरुले निकै ध्यान दिएको उनको भनाई छ । फोरजी इन्टरनेट कनेक्टिभिटी राखिएको बाइकमा आफ्नै नेभिगेसन समेत रहेको छ ।यसबाट बाइकबाट टाढा रहेको अवस्थामा समेत चार्ज ट्र्याक गर्न सकिन्छ । फोरजीका लागि सिम र कनेक्टिभिटीका लागि आवश्यक डेटाको टपअप कम्पनीले नै गरिदिनेछ ।
कम्पनीका सहसंस्थापक असिम पाण्डको नेतृत्वमा डिसेम्बर २०१७ देखि यात्री मोटरसाइकलको डिजाइन तथा डेभलपमेन्टको काम सुरु भएको थियो । पाण्डेले नेदरल्याण्डको डेल्फ युनिभर्सिटी अफ टेक्नोलोजीबाट अटोमोटिभ डिजाइन तथा एरोस्पेस स्टक्चर एन्ड मटेरियल्समा इन्जिनियरिङको अध्ययन पुरा गरेका छन् ।
नेदरल्याण्डमा जर्मन कम्पनी आउडी र डच कम्पनी डोमकर भोर्टको सहकार्यमा बनेको जीटीओआरएस स्पोर्ट्स कार निर्माणका क्रममा असिमले अटोमोबाइल उद्योगको अनुभव प्राप्त गरेका थिए । त्यसका साथै नेपाली प्रविधि वर्षापम्मको अनुसन्धान र विकासमा समेत उनी संलग्न रहे ।
उनको नेतृत्वमा अहिले २२ जना इन्जिनियर सहितको टिमले यात्री मोटरसाइकल निर्माणका लागि काम गरिरहेको छ । त्यसका लागि चितवनमा फ्याक्ट्री स्थापना गरिएको छ । प्रिअर्डरका आधारमा बाइकहरु तयार पारिने भन्दै पाण्डेले एक वर्षभित्र चार हजार बाइक निर्माण गर्ने लक्ष्य रहेको बताए ।
‘बजारको मागको आधारमा हामी क्रमशः उद्योगको क्षमता बढाउँदै जाने योजनामा छौं,’ उनले भने, ‘यसका लागि हामीले विश्वस्तरको मापदण्ड अपनाएका छौं ।’ सुरुवाती चरणमा नेपाललाई लक्षित गरिए पनि अबको एक दुई वर्षमा विश्व बजारमा प्रवेश गर्ने कम्पनीको लक्ष्य छ ।नयाँ पुस्तामा नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पैदा गर्न यात्री एउटा उदाहरणीय प्रयास भएको बत्सलको भनाई छ । ‘यात्री सफल भए विदेशका ठूला ठूला कम्पनीमा काम गरिरहेका नेपाली युवाहरुलाई पनि नेपाल फर्किन प्रेरणा मिल्ने हाम्रो आशा छ,’ उनले भने, ‘यसको सफलतामा सरकारको नीतिले पनि महत्वपूर्ण अर्थ राख्छ ।
यसका लागि स्वदेशमै उत्पादन हुने विद्युतीय सवारीलाई अनुदान दिने, कर छूट दिने नीति आवश्यक छ ।’ ठूलो मात्रामा बाइक बिक्री गर्न सकेको खण्डमा पेट्रोलबाट चल्ने मोटरसाइकलसँग समेत मूल्यमा आफूहरु प्रतिस्पर्धा गर्न सक्षम हुने यात्री मोटरसाइकलका दुवै सहसंस्थापकको विश्वास छ ।यात्री मोटरसाइकलका संह संस्थापक ३१ वर्षे असिम र ३५ वर्षे बत्सल नातामा दाजुभाइ हुन् । बत्सलले अमेरिकाबाट बिजनेस म्यानेजमेन्ट विषयको पढाई पुरा गरेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२