• भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहारको पुनर्निर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदामा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए ।

    यस कार्यको लागि कर्मराज महाविहाका १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार बेहोरेका थिए । यसैगरी स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक सैलीमा निर्माण गरिएको छ ।

    पुनर्निर्माण भएको महाविहार र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण गरिनेछ ।

4565