-
भारतबाट आयात गरिने प्याजमा भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा कम राजश्वमा गन्तव्य तर्फ पुग्दै गरेको घटनाको खुलासा भएको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेको वडा प्रहरी कार्यालय सिरहाले मंगलवार साँझ भारतीय नम्बर जेएच १२ एच ०८३५ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा सिरहा भन्सार कर्मचारी–सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर–व्यवासयीवीचको सेटिङको खुलासा भएको छ ।
शिव आरती टे«र्डस सिरहाले भारतबाट ल्याएको प्याजको माडर भन्सारमा राजश्व रकम (कृषि सुधार शुल्क लगायत) बुझाउँदा ट्रकमा ४ सय ५५ प्याकेट (बोरा) भएको परिमाण प्रज्ञापन पत्रमा उल्लेख गरेका थिए । त्यही अनुसार सरदर ४४ किलो प्याकेटको दरले २० हजार २० किलो प्याज ट्रकमा लोड गरिएको प्रज्ञापन पत्रबाट देखिन्छ । शिव आरती टे«र्डसले २२ रुपैयाँ किलोका दरले कृषि सुधार शुल्क ७१ हजार १ सय १ रुपैयाँ र अग्रिम आयकर ३९ हजार ५ सय १ गरी १ लाख १० हजार ६ सय २ रुपैयाँ र ५६५ रुपैयाँ सवारीसाधनको गरी १ लाख ११ हजार १६७ रुपैयाँ भन्सार कार्यालयले असुल गरेको छ ।
उत्त ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणको हेराफेरी भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयमा स्याम्पलिङ जाँचमा प्याज प्रति प्याकेट ५३ किलो भेटिएको छ । त्यससँगै ४ सय ५५ प्याकेटको ठाउँमा ५ सय ६७ प्याकेट प्याज रहेको अनुसंधानका क्रममा खुलेको सिरहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले बताए ।
२० टन भनिएको प्याज अनुसंधानको क्रममा ३० टन फेला परेको भन्दै एकै पटक १० टनको फरक देखिएको एसपी भण्डारी बताए । सेटिङका कारणले करिब ५० हजार वढी भन्सार असुली हुन सकेन ।
सिरहा भन्सार कार्यालय माडर, सिरहाका कर्मचारी, –सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर र प्याज आयातकर्तावीचको त्रि–पक्षीय सेटिङका कारणले राज्यलाई नोक्सानी हुँदै आएको छ । यस्तै सेटिङमा ठूलो परिमाणमा भारतबाट प्याज नेपाल आयात गरिएको छ । नेपाल प्रहरीको सक्रिताले त्रि–पक्षीय सेटिङको उजागर गरिदिएको समाजिक अगुवा शम्भू साहले बताए । ‘भन्सारमा हुने सेटिङको यो ठूलो प्रमाण छ,’ साहले भने,‘यस्ता कार्यमा संलग्नहरुलाई पनि कानूनी दायरामा ल्याउनु पर्छ ।’
नेपाल प्रहरीले नियन्त्रणमा लिएको ट्रक र प्याजलाई राजश्व अनुसंधान कार्यालय ईटहरी पठाएको एसपी भण्डारीले बताए ।सिरहा भन्सार कार्यालय, माडर सिरहामा धर्म काटा नभएकोले प्याज व्यापारीले भनेको र आयात गरेको विलको आधारमा आफूहरु भन्सार काटने गरेकोले यसमा भन्सार कर्मचारीको कुनै मेलोमतो नभएको बताए ।प्याज आयातकर्ता वा गाडीवालाले बाटोमा गाडीमा प्याज थप लोडगरेको हुन सक्ने बताए ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





