-
भारतबाट आयात गरिने प्याजमा भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा कम राजश्वमा गन्तव्य तर्फ पुग्दै गरेको घटनाको खुलासा भएको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेको वडा प्रहरी कार्यालय सिरहाले मंगलवार साँझ भारतीय नम्बर जेएच १२ एच ०८३५ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा सिरहा भन्सार कर्मचारी–सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर–व्यवासयीवीचको सेटिङको खुलासा भएको छ ।
शिव आरती टे«र्डस सिरहाले भारतबाट ल्याएको प्याजको माडर भन्सारमा राजश्व रकम (कृषि सुधार शुल्क लगायत) बुझाउँदा ट्रकमा ४ सय ५५ प्याकेट (बोरा) भएको परिमाण प्रज्ञापन पत्रमा उल्लेख गरेका थिए । त्यही अनुसार सरदर ४४ किलो प्याकेटको दरले २० हजार २० किलो प्याज ट्रकमा लोड गरिएको प्रज्ञापन पत्रबाट देखिन्छ । शिव आरती टे«र्डसले २२ रुपैयाँ किलोका दरले कृषि सुधार शुल्क ७१ हजार १ सय १ रुपैयाँ र अग्रिम आयकर ३९ हजार ५ सय १ गरी १ लाख १० हजार ६ सय २ रुपैयाँ र ५६५ रुपैयाँ सवारीसाधनको गरी १ लाख ११ हजार १६७ रुपैयाँ भन्सार कार्यालयले असुल गरेको छ ।
उत्त ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणको हेराफेरी भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयमा स्याम्पलिङ जाँचमा प्याज प्रति प्याकेट ५३ किलो भेटिएको छ । त्यससँगै ४ सय ५५ प्याकेटको ठाउँमा ५ सय ६७ प्याकेट प्याज रहेको अनुसंधानका क्रममा खुलेको सिरहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले बताए ।
२० टन भनिएको प्याज अनुसंधानको क्रममा ३० टन फेला परेको भन्दै एकै पटक १० टनको फरक देखिएको एसपी भण्डारी बताए । सेटिङका कारणले करिब ५० हजार वढी भन्सार असुली हुन सकेन ।
सिरहा भन्सार कार्यालय माडर, सिरहाका कर्मचारी, –सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर र प्याज आयातकर्तावीचको त्रि–पक्षीय सेटिङका कारणले राज्यलाई नोक्सानी हुँदै आएको छ । यस्तै सेटिङमा ठूलो परिमाणमा भारतबाट प्याज नेपाल आयात गरिएको छ । नेपाल प्रहरीको सक्रिताले त्रि–पक्षीय सेटिङको उजागर गरिदिएको समाजिक अगुवा शम्भू साहले बताए । ‘भन्सारमा हुने सेटिङको यो ठूलो प्रमाण छ,’ साहले भने,‘यस्ता कार्यमा संलग्नहरुलाई पनि कानूनी दायरामा ल्याउनु पर्छ ।’
नेपाल प्रहरीले नियन्त्रणमा लिएको ट्रक र प्याजलाई राजश्व अनुसंधान कार्यालय ईटहरी पठाएको एसपी भण्डारीले बताए ।सिरहा भन्सार कार्यालय, माडर सिरहामा धर्म काटा नभएकोले प्याज व्यापारीले भनेको र आयात गरेको विलको आधारमा आफूहरु भन्सार काटने गरेकोले यसमा भन्सार कर्मचारीको कुनै मेलोमतो नभएको बताए ।प्याज आयातकर्ता वा गाडीवालाले बाटोमा गाडीमा प्याज थप लोडगरेको हुन सक्ने बताए ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२