-
मलेसियालाई ६९ रनले हराउदै नेपाल शीर्ष टोली बन्दै त्रिदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । एक खेल अगाडी नै फाइनलमा पुगेको नेपाल समूह विजेता बन्न सफल भएको हो ।
टियु मैदानमा टस जितेर मलेसियाले बलिङ रोज्यो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउदै २१७ रन बनायो । यो सिरिजमा तीन खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भए । यसपछि आशिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे ।
ज्ञानेन्द्र ४१ र आशिफ शेखले ४२ रन बनाए । लगतै बिनोद भण्डारी ८ रनमा र दिपेन्द्र सिंह ऐरी ३३ रनमा आउट भए । यतिखेर नेपालले पाँच विकेट गुमाउदै १४८ रन बनाएको थियो । यसपछि करण केसीले आक्रामक ब्याटिङ गरे । उनले १३ बलमा सात छक्कासहित ४४ रनको बिस्फोट ब्याटिङ गरेपछि नेपालले २१७ रन बनायो । बलिङमा फर्ति साफ, अनवर रहमान र सयिद अजिजले दुई–दुई विकेट लिए ।
जवाफमा ११८ रनको विजयी लक्ष्य पछाएको मलेसिया १९ दशमलव एक ओभरमा सम्पुर्ण विकेट गुमाउदै १ सय ४८ रनमा समेटियो । मलेसियाका लागि अमुनुदिन रामलिले ४१ र एहमद फेजले ३१ रन बनाउदा अन्य खेलाडी क्रिजमा टिक्न सकेनन ।
बलिङमा सन्दिप लामिछाने, सोमपाल कामी र कमल ऐरीले समान तीन तीन विकेट लिए । यसरी ६९ रनको सानदार जितमा ६ अंक सहित नेपाल शीर्षस्थानमा रहदै फाइनलमा प्रवेश गर्यो । ५ अंकसहित दोस्रो स्थानमा रहदै नेदरल्याण्डस फाइनलमा पुग्दा मलेसिया भने एक अंक सहित प्रतियोगिताबाट बाहिरियो । नेपाल र नेदरल्याण्डस बीचको फाइनल खेल शनिबार हुनेछ ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





