-
मलेसियालाई ६९ रनले हराउदै नेपाल शीर्ष टोली बन्दै त्रिदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । एक खेल अगाडी नै फाइनलमा पुगेको नेपाल समूह विजेता बन्न सफल भएको हो ।
टियु मैदानमा टस जितेर मलेसियाले बलिङ रोज्यो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउदै २१७ रन बनायो । यो सिरिजमा तीन खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भए । यसपछि आशिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे ।
ज्ञानेन्द्र ४१ र आशिफ शेखले ४२ रन बनाए । लगतै बिनोद भण्डारी ८ रनमा र दिपेन्द्र सिंह ऐरी ३३ रनमा आउट भए । यतिखेर नेपालले पाँच विकेट गुमाउदै १४८ रन बनाएको थियो । यसपछि करण केसीले आक्रामक ब्याटिङ गरे । उनले १३ बलमा सात छक्कासहित ४४ रनको बिस्फोट ब्याटिङ गरेपछि नेपालले २१७ रन बनायो । बलिङमा फर्ति साफ, अनवर रहमान र सयिद अजिजले दुई–दुई विकेट लिए ।
जवाफमा ११८ रनको विजयी लक्ष्य पछाएको मलेसिया १९ दशमलव एक ओभरमा सम्पुर्ण विकेट गुमाउदै १ सय ४८ रनमा समेटियो । मलेसियाका लागि अमुनुदिन रामलिले ४१ र एहमद फेजले ३१ रन बनाउदा अन्य खेलाडी क्रिजमा टिक्न सकेनन ।
बलिङमा सन्दिप लामिछाने, सोमपाल कामी र कमल ऐरीले समान तीन तीन विकेट लिए । यसरी ६९ रनको सानदार जितमा ६ अंक सहित नेपाल शीर्षस्थानमा रहदै फाइनलमा प्रवेश गर्यो । ५ अंकसहित दोस्रो स्थानमा रहदै नेदरल्याण्डस फाइनलमा पुग्दा मलेसिया भने एक अंक सहित प्रतियोगिताबाट बाहिरियो । नेपाल र नेदरल्याण्डस बीचको फाइनल खेल शनिबार हुनेछ ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३