-
भारतको महाराष्ट्रस्थित एक अस्पतालमा अक्सिजन चुहिएर अभाव हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा भण्डारण गरिएको ट्याङ्करबाट चुहिएर अक्सिजन अवरुद्ध हुँदा कम्तीमा २३ जना बिरामीको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो । अक्सिजनको कमी भएर विरामीहरुको मृत्यु भएको बताइएको छ । अक्सिजन चुहिएर २५ प्रतिशत मात्र बाँकी रहेकाले अन्य विरामीको उपचार गर्न पनि समस्या भएको अस्पतालले जनाएको छ । घटनाको अनुसन्धान हुने र दोषीलाई कारबाही गरिने नासिक नगर निगमका आयुक्त कैलाश जाधवले बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





