-
वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ ।
बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रनको जोडेको थियो ।
तर, मलेसियाको इनिङमा पुनः वर्षा भएपछि १० ओभरमा घटाइएको खेलबाट ९२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी सकिएको थियो । वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिएको खेलमा अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो ।
बराबरीको नतिजाले नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ५ अंक छ । मलेसियाले एक अंक जोड्दा शृखंलाको यात्रा समाप्त भएको छ । यद्यपि मलेशियाले बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ । खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्नेछैन । यस अघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए ।
त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले राम्रो स्कोर छुन सकेनन् । मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको पारी खेले । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १÷१ विकेट लिए ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२