-
भारतमा कक्षा दशको वार्षिक परीक्षा स्थगित गरिएको छ । मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएको कारण देखाउँदै काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट इग्जामिनेशन सीआईएससीईले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
सीआईएससीईले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आईसीएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ । बोर्डले विद्यार्थी तथा शिक्षकको सुरक्षालाई प्राथमिकतामा राखेर कक्षा १० को परीक्षा कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय लिइएको हो ।
यसैबीच सीआईएससीईले विद्यालयहरुलाई कक्षा ११ को भर्ना प्रक्रिया भनें सुरु गर्न भनेको छ । कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका अपनाउने र निश्चित गरिएको मितिमै नतिजा सार्वजनिक गरिने भएकाले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न सुझाएको हो । कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने भनिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





