-
बास डे लिडेको सानदार ब्याटिङमा नेदरल्याण्डसले त्रिकोणात्मक श्रृङ्खलामा नेपाललाई तीन विकेटले हराएको छ । जारी सिरिजमा नेपालको यो पहिलो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनायो । ओपनर कुशल र आशिफले अघिल्लो दुई खेलमा सानदार सुरुवात गरेपनि यो खेलमा भने आशिफ डक आउट हुन पुगे ।
यतिखेर नेपालले २० रन बनाएको थियो । लगतै कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । यसपछि यो सिरिजमा दमदार प्रदर्शन गरिरहेका कुशललसई साथ दिए उपकप्तान दिपेन्द्र सिंह ऐरीले । यी दुईले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । यो क्रममा आक्रामक ब्याटिङ गरिरहेका कुशलले अर्धशतकीय पारी खेले । उनी टि ट्वान्टी आईमा नेपालका लागि लगातार तेस्रो खेलाम अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन । उनले ६२ रन बनाए भने अर्धशतक बनाएका दिपेन्द्रले ६० रनको योगदान दिए ।
जवाफमा २०७ रनको बिजय लक्ष्य नेदरल्याण्डसले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाउदै पुरा गर्यो । नेदरल्याण्डसको जितमा बास डे लिडे नायक बने । उनले सानदार ब्याटिङ गर्दै ४२ बलमा अविजित ८१ रन बनाउदै टिमलाई तीन बिकेटको जित दिलाए । यो नेदरल्याण्डसको दोस्रो जित हो भने नेपालको पहिलो हार हो । पहिलो खेलमा भने नेपालले नेदरल्याण्डसलाई नौ विकेटले हराएको थियो ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२