-
नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले संसदको अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारे ।
बैठकले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ । सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न पनि आव्हान गरेको छ ।
केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिर्पोटिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको नेता श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





