-
नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले संसदको अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारे ।
बैठकले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ । सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न पनि आव्हान गरेको छ ।
केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिर्पोटिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको नेता श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३