-
ट्वान्टी–२० क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले त्रिकोणात्मक शृखंलामा आज मलेसियालाई १५ रनले पराजित गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो ।
कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन् । यस सँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ । उनले नट आउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहारगरेका थिए । यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए । ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १÷१ विकेट लिए ।
१ सय ९२ रनको जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए । त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन् । नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २-२ विकेट लिए ।
शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३