-
चिकित्सकले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका छन् । नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरुले उपयुक्त स्वास्थ्य उपचार नपाए जेलमा रहेका नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका हुन् ।
पछिल्लो पटक गरिएको रगत परीक्षणको नतिजाले कुनै पनि बेला नाभाल्नीको कार्डिक अरेस्ट वा किड्नी फेलियर हुन सक्ने देखिएको चिकित्सकको भनाइ छ । नाभाल्नीलाई गएको फेब्रु्अरीमा जेल सजाय भएको थियो । उनी १८ दिनदेखि भोकहड्तालमा छन् ।
नाभाल्नीका व्यक्तिगत चिकित्सक एनास्टासिया भासिलिभासहित चार चिकित्सकले जेल पदाधिकारीलाई पत्र लेखेर तत्काल आफूहरुलाई भेटका लागि अनुमति प्रदान गर्न माग गरेका छन् । जेल पदाधिकारीलाई लेखेको पत्र भासिलिभाले ट्वीटरमा पोष्ट गरेकी छन् । चिकित्सकले आफूहरुलाई नाभाल्नीको तत्काल स्वास्थ्य जाँच गर्नका लागि स्वीकृति प्रदान गर्न माग गरेका हुन् ।
४४ वर्षीय नाभाल्नीमाथि गएको अगस्टमा विष आक्रमण भएको थियो । उनी जर्मनीमा उपचार गराएर पाँच महिनापछि रुस फर्किएका थिए । उनलाई रुस फर्किए लगत्तै विमानस्थलबाट पक्राउ गरिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने नाभाल्नीको हत्या प्रयास सत्ता पक्षबाटै भएको आरोप लाग्दै आएपनि रुसले भने सो आरोप अस्वीकार गर्दै आएको छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३