• सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै घेराबन्दी भएको बताए । सभामुख सापकोटाले अहिलेको टक्कर संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे । आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफुलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने पनि उनले स्पष्ट पारे ।

    कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष बिपुल पोखरेलले सञ्चारमैत्री कानूनहरु निर्माणका लागि गम्भीर हुनुपर्ने र बिस्तृत छलफल हुनुपर्ने बताएका थिए ।

4565