• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध पनि कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरस्थित एक व्यवसायीको घरमा दुई नेताबीच छलफल भएको हो । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

4565