-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सांसदहरुले बिहीबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका २ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जनमोर्चाले भने प्रस्तावको पक्षमा मतदान गर्ने सम्बन्धमा सहमति जनाइसकेको नेताहरुले बताएका छन् ।अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।गण्डकी प्रदेश सरकारले भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अगुवाईमा अविश्वासको प्रस्ताव पेश हुन लागेको जानकारी पाएपछि बुधबार राती १२ बजेदेखि लागू हुने गरी सातौं संसद अधिवेशन अन्त्य गरेको थियो ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३