-
विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै पाधि उचाल्न सफल भएको हो ।
सुदूरपश्चिम प्रदेशले पस््रतुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन । इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जित तर्फ डो¥याएका थिए ।
ओपनरद्वय ज्योति र सीताराना मगर दुबै रन आउट भएका थिए ।
यस अघि पुरै २० ओभर खेल्दै सुदूर पश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोेडेको थियो । सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए । यस्तै अन्य खेलाडीले भने एपिएफको कसिलो बलिङ सामु राम्रो स्कोर सकेनन् । एपिएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट आफ्नो लेखाए ।सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन । यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन् ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२