-
विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै पाधि उचाल्न सफल भएको हो ।
सुदूरपश्चिम प्रदेशले पस््रतुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन । इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जित तर्फ डो¥याएका थिए ।
ओपनरद्वय ज्योति र सीताराना मगर दुबै रन आउट भएका थिए ।
यस अघि पुरै २० ओभर खेल्दै सुदूर पश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोेडेको थियो । सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए । यस्तै अन्य खेलाडीले भने एपिएफको कसिलो बलिङ सामु राम्रो स्कोर सकेनन् । एपिएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट आफ्नो लेखाए ।सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन । यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन् ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३