-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो आग्रह गरेका हुन् ।
नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्याउन सक्छ । तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् ।‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन । यस्तो अवस्थामा भारतमा बनेका स्मार्टफोनमा हाम्रो फोरजी नचल्ने अवस्था छ ।’
अधिकारीका अनुसार भारत बाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या छैन । उनले अगाडि भने, ‘मोबाइल किन्दा ८०० मेगाहर्ज फ्रिक्वेन्सीको सपोर्ट रहेको वा नरहेको कुरा ख्याल गर्नुपर्ने हुन्छ । सबैभन्दा सजिलो कुरा भनेको भारतमा बन्ने मोबाइल नै नकिन्नु हो ।’
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३