-
सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरि उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद बिमला विश्वकर्माले ३ बर्षिय अवधिमा सरकारले गरेका कामहरुको स्वागत गर्नुभयो ।सांसद शान्ता चौधरीले विकासप्रेमीहरु खुसीले गद्गद् भएको भन्दै सरकारका कामहरुको प्रंसम्सा गर्नुभयो ।सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु चलाउने र भत्काउने काम गरेको भन्दै सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंबैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेस विहिन बनाएको छ । के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुर्न स्थापित भईसकेको छैन । ”सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सिता देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भईसक्दा पनि द्धन्द्धकालिन समयमा वेपत्ता पारिएका व्यक्ति र द्धन्द्ध पीडीतले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरि आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमय रहेको बताउनुभयो । सांसद महन्थ ठाकुरले दिएको एक अन्र्तवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उहाँले भन्नुभयो “म ठाकुरजी संग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहदैन ।”
सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाउनुधयो ।सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ति र गैडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बद्रियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा कामगर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभुति गर्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२