-
अपराजित यात्रालाई लिग चरणको अन्तिम खेलमा निरन्तरता दिँदै विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहदै २१ रन जोडिन । नितु भण्डारीले १७ रन बनाईन । एपीएफकी बिनु बुढा र रेखा रावलले १÷१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन । कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीका स्वतिका बजगाई र कृतिका मरासिनीले २÷२ विकेट लिए ।आजै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले पराजित ग¥यो । प्रदेश–१ ले दिएको १ सय २९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउँदा १५ रनले पराजित हुन पुगेको हो । ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाईन । सुमन खतिवडाले २७ रन जोड्दा अश्मिना कर्माचार्यले १२ रन जोडिन । कप्तान सरस्वती कुमारीले अविजित रहदै १७ रन जोडिन । प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिईन ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलिन । यस्तै अप्सरी बेगमले अविजित २६ रन जोडिन । कप्तान रुबिना क्षेत्री२१ रन बनाईन । काजल श्रेष्ठ ८ रनमा आउट भईन । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १÷१ विकेट लिए ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





