-
नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ ।
मंगलबार सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो । एपिएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका कारण एपिएफ दोश्रो स्थानमा रहेको हो ।
प्रतियोगितामा एपिएफले भरतपुर मेट्रो क्लबलाई २५।१३, २५।७, २५।९ को सोझो सेटमा पराजित गरेको छ । एपिएफको पनि ४ खेलबाट १० अंक रहेको छ । यस्तै तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका कारण चौथो स्थानमा रहेको छ । यसैगरि भरतपुर मेट्रोको ३ अंक र ढोरपाटन स्पोर्टसे शुन्यमा रहेको छ ।
दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ नेपाल पुलिस क्लब एपिएफमाथि भारी प¥यो । पहिलो र दोश्रो सेट २५।२१, २५।२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २० । २५, १७ । २५ ले एपिएफलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा १५ । १३ अंकले जित हात पार्दै २ अंक जोड्न पुग्यो । एपिएफले १ अंक जोड्यो । पुलिसको ५ खेलबाट ९ अंक रहेको छ । त्यस्तै हारका बावजुत एपिएफको १० अंक भएको छ ।
यस्तै अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५। १७, २५ । १९, २५ ।१६ ले पराजित ग¥यो । सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शिर्ष स्थान कायमै राखेको छ ।
प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२