-
विभागीय टोली एपिएफले ललिपुर मेयर्स ११ को टोलीमाथि १० विकेटको फराकिलो जित निकाल्दै ललिपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स ११ माथि फराकिलो जित निकालेर एक खेल अगावै अन्तिम दुईमा प्रवेश गरेको हो । एपिएफलले अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्न बाँकी रहेको छ । यस अघि भएका खेलमा प्रदेश १ र सुदूर पश्चिम प्रदेशलाई हराएको थियो ।
ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईमा एक खेल अगावै स्थान बनाउन सफल भएकयो हो । एपीएफको जितमा राजमती ऐरीले अविजित ३३ रन जोड्दा इन्दु बर्माले २८ रनमा अविजित रहिन ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोड्दा कप्तान सरस्वती चौधरीले १२ रनमा पवेलियनमा फर्किएकी थिइन् । सन्तोषी चौधरी १३ रनमा अविजित रहिन । अनुराधा चौधरीले ८ रन जोड्दा अन्यले फितलो ब्याटिङ गरे । ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट हात पार्दा रेखा रावलले २ विकेट आफ्नो नामा लेखाइन् । यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १÷१ विकेट रह्यो । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पराजित ललितपुरले ३ खेलमा २ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको छ । त्रिवि मैदानमा भएको खेलमा १ सय ३० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र ८९ रन जोड्न सक्यो । कप्तान रुविना क्षेत्रले सर्वाधिक २७ तथा अप्सरी वेगमले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो अंकको स्कोर छुन सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मि साउदले सर्वाधिक ४ विकेट निकाल्दा कविता कुंवर र कवित जोशीले समान २÷२ विकेट निकाल्दा सुनिता लुहारको नाममा एक विकेट रह्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले ५२ रनको अर्धशतकीय पारी खेलिन । यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन । प्रदेश–१ की शबनम राईले २ विकेट निकाल्दा ज्योति दनवारले १ विकेट आफ्नो नाममा लेखाइन ।
प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





