-
पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।पोखरा रंगशालामा आज नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समिकरण पूरा भएको हो । मंगलबार मात्र बाग्मती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको हो ।
सुरुआतबाट नै दबाब दिएर खेलेको पुलिसले २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।
म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटा विरुद्ध सशस्त्र प्रहरी बलबीच हुनेछ ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





