-
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । त्यसैगरी, सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि सोमवार बिहान सात बजेसम्म पूर्ण रूपमा लकडाउन लागु हुनेछ ।
लकडाउनको अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने बताइएको छ । सो अवधिमा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा भने प्रतिवन्ध लगाइएको छ । त्यसैगरी पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान सक्ने वा घर–घरमा खाना पु¥याउने कार्य भने जारी राख्न पाउनेछन् । यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ ।
सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन र सकेसम्म घरबाटै काम गराउन भनिएको छ । भारतमा आइतवार एकैदिन ९३,२४९ सयभन्दा बढी सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताकै सर्वाधिक सङ्ख्या हो । उक्त सङ्ख्याको आधा भन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिएका हुन् । भारतमा कोभिड–१९ का कारण हालसम्म करिब १ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख नाघेको छ ।
News Desk 0 response सोमवार, चैत्र २३, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२