-
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अप्र्रिmकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३ औं मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पु¥याएका थिए ।
पछि परेसँगै दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालले गोलबाट अग्रता छोट्याउन पुगेको थियो । बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्याउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । सोमबार मनाङ मस्र्याङदीले संकटा विरुद्ध खेल्ने छ ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३