-
सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा अटाएका छन् ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा एपिएफले सम्पन्न तीन खेल मध्ये सबैमा जित निकाल्दो ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि आफ्नो अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दियो ।
७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।
प्रतियोगिता अन्तर्गत महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै समान ८÷८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँडेका थिए । यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।
शिर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । आज भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पा¥यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५, २५–५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८, २५–१३ ले पराजित गरेको हो । यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित ग¥यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२