-
दुई सेटले पछि परेको स्थितिलार्य उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको खेलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो । सुरुआती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो । तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित निकालेको थियो । निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकलेको हो ।
यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । २ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उता नतिजा सुम्पिएको एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ । भरतपुरमाथि न्यु डायमण्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै न्यु डायमण्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । पराजित भरतपुरको यो लगातार दोस्रो हार हो । शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो । सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ । उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो ।
यस्तै पुरुष तर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो । एपिएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो ।
News Desk 0 response शनिबार, चैत्र २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३