• नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा प्रधानमन्त्री केपी ओली लागेको आरोप लगाएका छन । शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी सिध्याउने ओलीको षड्यन्त्र कहिले पूरा हुन नदिने बताएका छन । आफुहरु ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उनले ओली प्रवृत्तिको हार र आफुहरुको जित सुनिश्चित रहेको बताए । पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको उनको भनाई थियो ।

    कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरुलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताए ।

4565