-
ह्वोङ्गान्जी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो । पहिलो सेटमा १७–२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोस्रो सेटमा २५–२० ले जित हात पार्न सफल भयो । यस्तै तेस्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा भने १२–१५ ले गुमाउन पुग्यो ।रोमाञ्चक जित निकालेको आर्मीले २ अंक जोड्दा डायमण्डले १ अंक हात पा¥यो । डायमण्डको ४ अंक भएको छ भने आर्मीको २ अंक भएको छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोस्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षिय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० को सेटमा नै जित निकाल्यो । पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।
पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो । पुनः खेलमा फर्कदै हेल्प नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा¥यो । तेस्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जित हात पारेको हो ।चैत २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२