• प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । राजधानीमा विहिबार गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताउनुभएको हो ।

    उहाले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै शिक्षा विकासको आधार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजीए पनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताउनुभयो । उहाले मेलम्चि खानेपानीको सपलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको जानकारी गराउनुभयो । उहाले बाटो,ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाउनुपर्ने बताउनुभयो । उहाले निर्माणका कुरामा इतिहास झलकिने र आधुनिकता टल्ने हुने पर्ने बताउदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिएको बताउनुभयो ।

4565