-
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताउनुभएको छ ।
बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदै प्रवक्ता शर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताउनुभएको हो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताउनुभयो । उहाँले भन्नुभयो ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो ।
समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो बेलामा सत्ता समिकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ । अनि सरकार बन्न सक्छ ।’
प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताउनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





